पर्साको जगरनाथपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
आबिद हुसेन
जेठ ६, २०७९ शुक्रबार १६:३९:५७
६ जेठ, बीरगन्ज । पर्साको जगरनाथपुर गाँउपालिकामा पटक पटक गाविस अध्यक्ष र एक पटक गाँउपालिका अध्यक्ष समेत जितिसकेका जालीम मियाँ यसपाली भने आफनै पालिकामा आफनो विरासत जोगाउन असफल भएका छन् ।
जगरनाथपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाँउपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबीता सिंह निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादवले ५७४९ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी जालीमका भाइ एंव एमाले उम्मेदवार महम्मद सलिम मन्सुर भने ३९२६ मत मात्रै पाएका छन् ।
यादवले मन्सुरलाइ १८२३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादवले ३४४७।मत पाएका छन् ।
२०७४ को निर्वाचनमा भने जालीम ३०४१ मतका साथ गापा अध्यक्षमा निर्वाचित हुदा कांग्रेसका यादव भने २९८६ मत प्राप्त गरि तेश्रो स्थानमा रहेका थिए ।
गाँउपालिका उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २१८६ मतअन्तरले पराजित गर्दै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
बबिताले ५५३१ मत पाउदा एमाले उम्मेदवार मीरादेवीले भने ३३४५ मत पाएकी हुन् । उपाध्यक्षमा मुख्यमन्त्री लालबाबुराउतकी पत्नि जसपा उम्मेदवार जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार