नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १८:४६:३३
६ जेठ जनकपुर । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियारले पाँच हजार ५१४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेका राधादेवी यादव पाँच हजार ७३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका रञ्जुकुमारी साहले पाँच हजार ५२३ मत ल्याएकी हुन । यस्तै सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपप्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गरेका थिए ।
पूर्वनगरप्रमुख नेकपा (माओवादी केन्द्र)का हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा कांग्रेसका सङ्गीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार