बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार १४:५५:२१
८ जेठ , बारा । १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।
बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोद प्रसाद साह २४ हजार १ सय ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् । यस्तै, परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मिले २ हजार ९ सय १७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४ सय ८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् ।
२०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ । यस्तै, कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका राम प्रसाद चौधरीले ९ हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन भने कांग्रसकै राजेश प्रसाद यादवले ५ हजार ३ सय ५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन ।
२०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हाल सम्ममा दुई पालिकामा जित हासिल गरेको हो । यस अघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालि सहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाईसकेको छ । यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १ सय ७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मतले विजयी हासिल गरेका छन । यसअघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । यसैगरी, विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३ सय १७ मत र सिम्रौनगढ नगरपालिकामा किसोरी प्रसाद कलवारले ११ हजार १ सय ३७ मत सहित विजयी भएका छन । यस अघि सिम्रौनगढमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।
यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन पौडेलले १८ हजार ७ सय ४३ मतसहित जित हात पारेका छन् । उनको जितसगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनैपनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन । यस्तै, बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४ सय ८५ प्राप्तगरी विजयी भएका हुन । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रबेशगरी निर्वाचनमा हुमिएका थिए ।
यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो । जिल्लाको आदर्श कोटवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिकाको भने मतगणना भईरहेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार