जनकपुरधाममा स्वतन्त्र उमेदवार साहको अग्रता कायमै
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १६:५४:२६
८ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उमेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन् । जनकपुरधाममा ६० प्रतिशतभन्दा बढी मतगणना सकिएको छ ।
स्वतन्त्र उमेदवार मनोजकुमार साहले नौ हजार ७७४ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका उमेदवार शिवशंकर साहले सात हजार ६०४ मतसहित पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर दुई हजार १७० छ । नेपाली कांग्रेसका नेता मनोजकुमार पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरी तेस्रो स्थानमा छन् । उनले तीन हजार ९५८ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह तीन हजार ३६१ मतसहित चौथो स्थानमा छन् ।
पाँचौँ स्थानमा रहेका स्वतन्त्र उमेदवार बलराम महतोको तीन हजार ८५ र अर्का स्वतन्त्र उमेदवार जानकी राम साहले १५ सय मत ल्याएका छन् ।
यस्तै, डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी उमेदवार अनिता साहले एक हजार १५८ मत पाएकी छन् । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)की विभा ठाकुरले ९१० मत ल्याएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार