कांग्रेसीगढबाट बीरगन्ज १० मा सुशील साह बिजयी
आबिद हुसेन
जेठ ८, २०७९ आइतबार १९:१५:४
८ जेठ, बीरगन्ज । जसपाका युवा नेता सुशील कुमार कानु बीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
कांग्रेसको गढ भन्ने गरिएको वीरगन्ज महानगरको वडा नम्बर १० मा निवर्तमान वडाअध्यक्ष रामनगीना प्रसाद कानुलाइ ४७३ मतको अन्तरले पराजित गर्दै सुशील वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुशीलले १५९६ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामनगीनाले भने ११२३ मत मात्रै पाएका छन् । नेकपा एमालेका उम्मेदवार अजय साह कानुले भने ८१९ र स्वतन्त्र उम्मेदवार जय प्रकाश खेतानले २३० मत पाएका छन् ।
वडाअध्यक्षमा निर्वाचित सुशील, महानगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य पनि हुन् । २०७४ को निर्वाचनमा भने सुशील , रामनगीनासंगै १२० मतको अन्तरले वडाअध्यक्षमा पराजित भएका थिए । त्यसबेला सुशीलले १२१९ मत पाएका थिए भने रामनगीनाले १३३९ मत पाएका थिए ।
त्यसलगत्तै भएको कार्यपालिका सदस्यको निर्वाचनमा भने तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेर उनि कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार