धुर्कोट गाउँपालिकाकाे पहिलाे निर्णय : विद्युतीय चुलो र घरको बीमामा छुटदेखि आवासीय शिक्षासम्म
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:११:९
१० जेठ, तम्घास । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतीय चुलो खरिद र घरको बीमा गराउँदा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।
प्राकृतिक विपत्तिबाट हुने क्षतिमा राहत उपलब्ध गराउन घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने निर्णय गरिएको अध्यक्ष भुपाल पोखरेलले बताए ।
“प्राकृतिक विपत्तिले विगतमा धेरै घरको क्षति भएको छ, यस्ताे अवस्थामा बीमामार्फत केही राहत उपलब्ध गराउन पहल थालेका छाैँ,” अध्यक्ष पोखरेलले भने, “संविधानमा उल्लेख गरिएको आवासको अधिकार गाउँपालिकाले पूरा गर्दै छ ।” पहिलो बैठकबाट दलित परिवारका छोराछोरीलाई एसईई पछिको तीनवर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ ।
विभिन्न कारणले आमाबुबा नभएको २० जना विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको पालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार