इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १२:२६:१६
११ जेठ, मङ्गलबारे । इलाममा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायतका दैनिक कार्य प्रभावित भएको हो ।
बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द भएको छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने सम्पूर्ण काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मंगलबार पनि सहज हुनसकेको छैन । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द हुनाका कारण हालसम्म पत्ता लगाउन सकेको छैन ।
केन्द्र प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए । उनले इलाम सबस्टेशनबाट सदरमुकाम वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको बताए । बिहानदेखि विद्युत् नियमित बनाउन साँखेजुङतिरबाट आएको विद्युत् आपूर्ति गर्न पहल गरिएको विद्युत् कार्यालय इलामका प्रमुख पौडेलको भनाइ छ । “पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्या भइरहेको छ । केवल लाइन जाँच गर्दैछौँ । फल्ठ पत्ता लागेपछि मात्र समाधान निस्कन्छ”, पौडेलले भने ।
इलाममा विद्युत् नआउँदा सञ्चारकर्मीलाई समेत असर परेको छ । जिल्लामा सञ्चालित इलेक्ट्रोनिक्ससँग सम्बन्धी कार्यालय तथा सङ्घसंस्थाका कामकारबाही प्रभावित हुँदा सेवाग्राही मारमा परेका छन् ।
विशेषगरी राहदानी बनाउन आउने सेवाग्राहीलाई फोटो खिच्न समस्या भएको भन्दै दुई दिनसम्म सदरमुकाम आएर बस्नुपर्ने बताएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि बैंक तथा वित्तीय संस्था केहीले भने जेनेरेटर जडान गरी सेवा दिइरहे पनि महङ्गो भएको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार