ढिलासुस्तीका जनगुनासो सुन्न मेयरले बाँडे ह्वाट्सयाप नम्बर
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २१:२०:५६
१६ जेठ, धनगढी । नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् ।
सार्वजनिक सरोकारका सवालमा नगरवासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्बर सार्वजनिक गरेका हुन् ।
सो नम्बर आफैसँग हुने बताउँदै मेयर हमालले सार्वजनिक सेवामा गलत क्रियाकलाप भए सो नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणमा ढिला सुस्ती, स्तरहिन काम भए नागरिकले सिधै फोन गर्न सक्ने मेयर हमालले बताए ।
मेयर हमालले व्यक्तिगत प्रयोजनका लागि भने सो नम्बरमा फोन नगर्न आग्रह गरेका छन् । ‘आम नगरवासीले भ्रष्टाचार अन्त्य गर्ने कार्यमा वा सरकारी कार्यालयमा सुशासन कायम गर्ने सवालमा मात्रै सो नम्बर प्रयोग गर्नेछन् भन्ने अपेक्षा गरेको छु,’ मेयर हमालले भने, ‘आ–आफ्नो क्षेत्रबाट नगरवासीले सहयोग गरे हाम्रो अभियानले पनि चाडै सार्थकता पाउनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार