प्रादेशिक अस्पतालसँग सहकार्य गरी गेटा मेडिकल कलेज संचालनमा ल्याइने
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २२:५९:५१
१६ जेठ, कंचनपुर । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी संचालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमा सुदूरपश्चिमांचल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसित सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो ।
कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि चौतर्फी विरोध गरिएको थियो । त्यसपछि दुई अस्पतालसित सहकार्य गरी मेडिकल कलेज संचालन बजेटमा समावेश गरिएको हो । “गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज संचालन गर्ने व्यवस्था मिलाइनेछ”, बजेट वक्तव्यमा भनिएको छ ।
भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको संचालन प्रारुपमा अझै अनिश्चित छ । गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय मातहत संचालन गर्नु वा नेशनल मेडिकल कलेजका रुपमा संचालन गर्नुपर्ने आवाज उठेको थियो । सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमांचल विश्वविद्यालयअन्तर्गत रहनेगरी प्रादेशिक अस्पतालसितको सहकार्यमा संचालन गर्ने व्यवस्था गरेपछि संचालन अन्योल पनि हटेको छ । सरकारले २०६६ मा सुदूरपश्चिमांचल विश्वविद्यालय र गेटा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो ।
त्यसअनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा आइसकेको छ । कंचनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्टले दुई प्रादेशिक अस्पतालसितको सहकार्यमा मेडिकल कलेज सञ्चालनका लागि बजेटमा व्यवस्था गरिनु राम्रो भएको बताए । “सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत दुई अस्पतालसितको सहकार्यमा गेटा मेडिकल कलेज संचालनमा आउँछ”, उनले भने, “यसलाई राम्रो मान्न सकिन्छ ।”
सांसद भट्टले २०७४ को आम निर्वाचनमा महाकाली अस्पताललाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । गेटा मेडिकल कलेजलाई नेशनल मेडिकल कलेज बनाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवासम्म पहल गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सांसदहरुले माग राखेपछि प्रधानमन्त्री देउवा सकारात्मक देखिनुभएको बताइएको छ । उनले बजेटमा नेशनल मेडिकल कलेज बनाउने माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या
कात्तिक १३, २०८१ मंगलबार
कालीगण्डकीमा पक्की पुल निर्माण भएपछि सर्वसाधारण खुसी
कात्तिक ११, २०८१ आइतबार
अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
कात्तिक ९, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार