नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाई, कस्तो आउला निर्णय ?
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १७:४४:३३
१७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाई सुरु गर्ने भएको छ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा आफुभन्दा जुनियरलाई नियुक्ति गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलाशमा रिटको पेसी तोकिएको हो । मंगलबार सुनुवाइ हुने महानिरीक्षकबिरुद्धको यो मुद्दालाई चासोका रुपमा हेरिएको छ । सरकारले स्थानीय तह निर्वाचनका समयमा नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।
केही मुद्दाको फैसलालाई लिएर सरकार र सर्वोच्चबीच टसल भइरहेको अनुमान गरिएका बेला यसको सुनुवाई हुन लागेकाले पनि धरैले चासोका रुपमा हेरेका छन् ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले गएको वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाईआजदेखि हुने आदेश दिएको थियो । उक्त इजलाशले सरकारका तर्फबाट अन्तिम सुनुवाईका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाई गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाई हुन लागेको हो ।
सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले नियुक्तिका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई नियुक्त गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार