पौडेललाई रिजालको उत्तर, एमालेको घोषणापत्रका कार्यक्रम लागु गर्न यो सरकार बाध्यकारी छैन्’
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १८:२१:५३
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि विपक्ष दलको टिप्पणी अस्वभाविक रुपले आएको बताएका छन् । उनले एमालेले दावी गरेअनुसार नभइ बजेट समयानुकुल आएको र यो सरकारले एमालेको घोषणपत्रमा राखिएका कार्यक्रम लागु गर्नुपर्छ भन्ने बाध्यकारी अवस्था नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिका कार्यक्रम र रकम विनियोजन समयअनुकुल भएको बताए । उनले एमालेलाई आफुले ल्याएको बजेट हेरेर अहिलेको बजेटको समीक्षा गर्न पनि आग्रह गरे ।
आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भने, ‘संसद छलेर तपाइँले ल्याउनु भएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाइँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो राम्रो हुने थियो ।’
सामाजिक सुरक्षाभत्ता पाँँच हजार नपु¥याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने, ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागु गर्ने ?। एमालेको घोषणापत्रमा राखिएका कार्यक्रम लागु गर्नुपर्ने विषयमा यो सरकार बाध्याकारी छैन् ।’
भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरुले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराए । बजेटमा सबैका इच्छा र आकांक्षा समेटिन नसकिने यथार्थतलाई नभुल्न आग्रह गर्दै रिजालले बजेटमा धेरै विषय समेटिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार