विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो, पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १९:५४:१२
१७ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ ।
यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो । त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार