बलिउड गायक केकेको निधनमा उजुरी दर्ता
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १८:५५:४०
१८ जेठ, मुम्बई । बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ । प्रहरीका अनुसार केकेको अनुहार र टाउकोमा चोटको निशान देखिएको छ ।
प्रहरीले यो मामिलामा होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग सोधपुछको तयारी गरेको छ । केकेले कोलकाताको उल्टाडाँगामा रहेको गुरुदास महाविद्यालयको नजरुल मञ्चमा लाइभ कन्सर्ट गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा उपस्थित हुँदादेखि नै केकेले अस्वस्थ अनुभव गरिरहेका थिए ।
उनी पाँच तारे होटलमा जानेक्रममा त्यहाँको सिँढीमा लगेका थिए । त्यसपछि उनलाई कोलकाताको एक निजी अस्पताल सीएमआरआईमा लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
कन्सर्टको व्यवस्थापनमाथि अडिटोरियमा आवश्यकताभन्दा बढी भीड र अव्यवस्थित बनाएको आरोप लागेको छ । अडियटोरियमको क्षमता २५ सयदेयिख तीन हजारको भए पनि त्यहाँ दर्शकको उपस्थिति त्यो भन्दा बढी रहेको थियो । अडिटोरियममा टिकट नभई पासको माध्यमबाट प्रवेश दिइएको थियो ।
प्रहरीले अहिले होटलको सीसीटीवी फुटेजको अनुसन्धान गरिरहेको छ । केकेको कोलकाताको सुपर स्पेसलिटी अस्पतालमा एसएसकेएममा पोस्टमार्टम हुँदैछ । यसपछि मात्र उनको निधनको वास्तविक कारण खुल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार