देउवालाई प्रचण्डको धम्कीपूर्ण सन्देश, ‘तपाई पनि ओली जस्तै अहंकारी नबन्नू’
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २१:१:१७
१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति चलाउने चाबी माओवादीको हातमा आएको बताएका छन् । उनले एमाले जस्तो अहंकारी बने कांग्रेसको हालत पनि उस्तै हुने धम्कीपूर्ण भनाई राखेका छन् ।
स्थानीय तहको चुनावी जीतका आधारमा नेपाली कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी उनले दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताए ।
प्रचण्डले कांग्रेसका नेता शेरबहादुर देउवालाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्याे भने कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउन सकिने बताए । उनले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताए । स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका र आशा दुबै व्यक्त गरेको उनले बताए ।
प्रचण्डले भने, ’हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेको स्थिति छैन । तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ ।जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ । माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ ।’
उनले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको बताउँदै माओवादी र संसदवादी दलबीचको अन्तर हराउँदै गएको दावी गरे ।प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको अनुभव जनताले गर्न थालेको बताए ।
जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागको पनि आफूले बुझेको प्रचण्ड बताउँछन् । तर माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए ।
‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं । तर, हिजो हामी जनयुद्धमा थियौं । क्रान्तिकारी जनआन्दोनलमा थियौं । त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं । हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्र्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन ।’
उनले पहिले माओवादीले जनतासँगै रहेर खेतीपातीको काम गर्ने, जनता विरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार