नेविसंघले त्रिविमा लगाएको ताला क्रान्तिकारीले फुटायो
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २३:९:४९
१८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघको एक समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा लगाएको ताला नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले फुटाएका छन् ।
बुधबार ताला तोडेर क्रान्तिकारीका इन्चार्ज सफलको नाममा जारी गरिएको विज्ञप्ति टाँसिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँछौं ।’
नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको नेकपा क्रान्तिकारीको आरोप छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाउनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ ।
विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन माग गर्दै बन्द, हड्ताल भन्दा पनि वार्ता सम्वादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्नेमा नेकपा क्रान्तिकारीले जोड दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार