परिपालन प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमाको निर्देशन
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बिहिबार ०:१०:१३
१८ जेठ, काठमाडौं । परिपालन प्रतिवेदन र AML/CFT सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमा समितिले निर्देशन दिएकाे छ ।
बीमा समितिको आयोजनामा बुधबार समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र बीमा समिति सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिएका हुन् ।
निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम रसमितिबाट जारी निर्देशिका, निर्देशन एवम् परिपत्र अनुरूप काम भएको छ छैन र समस्याहरू के के छन् भन्ने बारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेशगर्नुपर्ने बताए।
निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ती सुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई AML/CFT सम्बन्धी प्रतिवेदन तयार गरीसम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिए ।
साथै, उनले AML/CFT सम्वेदनशील विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी प्रस्तुती गर्दै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरी समेत प्रष्टसँग उल्लेख गर्न र संचालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेश गर्न आग्रह गरे।
यसैगरी, समितिका उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले AML/CFT सम्बन्धी प्रस्तुती गर्दै बीमा क्षेत्रमा सम्पत्ति सुद्धीकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोवार पहिचान गरी सम्बद्ध निकायमा समेतजानकारी दिन आग्रह गरे ।
कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भराज लामिछाने र सहायक निर्देशकहरू प्रदिप गौतम तथा गीता नेपाल आचार्य र निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूका साथै सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार