ठूला मुद्दाको चापमा सर्वोच्च, कार्यक्रममा दलका नेताभन्दा व्यस्त भए न्यायाधीश
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १७:५९:५४
१९ जेठ, काठमाडौं । बुधबार कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की जुम्लामा देखिए । जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत-जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा कार्की त्यहाँ पुगेका हुन् । कार्की केही दिन अघि पनि पश्चिमतिरै पुगेका थिए ।
उनीसहित ८ जना अरु न्यायाधीश अहिले सर्वोच्चमा छैनन् । केही दिन यता कम संख्यामा न्यायाधीशको उपस्थितिले मुद्दामा चाप पनि देखिएको छ । बुधबार २ सय ३० थान मुद्दा पेसीमा चढेका थिए । तर, १० जना न्यायाधीशमा सीमित रहेको सर्वोच्चले सबै मुद्दा हेर्न सकेन ।
अहिले मात्र हैन नयाँ आर्थिक वर्ष सुरु हुन लाग्दा सर्वोच्चमा केही दिन न्यायाधीशको संख्या कम नै हुने कर्मचारीहरु बताउँछन् । अहिले पनि बाँकी रहेको वार्षिक बिदा सिध्याउने बहानामा केही दिन यता सर्वोच्च अदालतमा न्यायाधीशहरुको संख्या कम भएर मुद्दामा असर परेको उनीहरुको भनाई छ ।
कानूनत सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ । बेला बेलामा संविधान संशोधन गरी न्यायाधीशको संख्या बढाउने भनिएपनि अहिलेसम्म भएको छैन् । दुई जना नयायाधीशको कार्यकाल सकिएपछि सर्वोच्चमा यतिबेला जम्मा १८ जना न्यायाधीश मात्र छन् ।
खालिरहेका दुई सिटमा न्यायाधीश सिफारिस भएका छैनन् । भएका १८ जनामध्ये ईश्वरप्रसाद खतिवडा बिरामी छन् भने अरु ७ जना कोही विदेश भ्रमणमा र कोही अनुगमनदेखि भवन उद्घाटनमा निस्किएका छन् । जुम्ला पुगेका कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिका जनताको आस्थाको धरोहर भएको भन्दै सर्वोच्च अदालतले जनपक्षीय न्याय थप सुदृढ गर्न काम सुरु गरेको बताएका थिए ।
सर्वोच्च अदालत प्रशासन कर्मचारीका अनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की जुम्लामा जिल्ला अदालतको भवन उद्घाटनका लागि गएका हुन् । न्यायाधीश अनिलकुमार सिन्हा जिल्लाको अनुगमनको क्रममा पोखरामा छन् । न्यायाधीश आनन्दमोहन भट्टराई अमेरिकामा छन् भने सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी मालदिभ्समा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार