गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधार अभाव
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार २२:२१:३५
♦राजेन्द्र पनेरु
१९ जेठ , कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीस्थित बृन्दावन सामुदायिक गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधारको अभाव हुँदै आएको छ । केन्द्रमा नगर क्षेत्रमा छाडारूपमा छाडिएका गाईगोरुलाई ल्याएर राख्ने गरिएकाले तिनको सङ्ख्या पनि निकै बढी छ तर त्यसलाई धान्ने पूर्वाधार अभाव रहेको केन्द्रको व्यवस्थापनको कार्य गर्दै आएक वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले बताए।
केन्द्रमा हालसम्म गाईगोरु राख्नका लागि तीनवटा जस्तापाताका ट्रष्ट, खानेपानीका लागि पाँचवटा अटोजन नल्का, दुईवटा बोरिङ, चारवटा सौर्य बत्ती, तीनकोठे पक्की भवन निर्माण गरिएको छ ।
गाईगोरु राखिँदै आएको सामुदायिक वन क्षेत्रको चार किलोमिटर क्षेत्रमा काँडेर तार लगाइएको छ । “गाईगोरु व्यवस्थापन केन्द्रमा विद्यमान संचरनाले पुग्दैन”, वडाध्यक्ष ऐरले भने, “केन्द्रमा ४०० भन्दाबढी बेवारिसे गाईगोरुलाई राखेका छौँ ।
यसका लागि अझै तीनवटा ट्रष्ट निर्माण गरिनु आवश्यक छ । गाईगोरुको सङ्ख्या बढी हुँदा वर्षाको समय र हिउँदमा खुला आकासमुनि राख्नुपर्ने बाध्यता छ ।” निर्माण भएका संरचनामा थोरैमात्रै गाईगोरुलाई राख्न सकिन्छ । धेरैलाई खुला आकाशमै राख्नुपर्छ । यस्तो अवस्थमामा अत्यधिक चिसो र वर्षात्का कारण गाईगोरुको ज्यानसमेत जाने गरेको उनको भनाइ थियो ।
गाईगोरुलाई सुरक्षितरूपमा राख्नका लागि भौतिक पूर्वाधारको पूर्णता नभएको वडाध्यक्ष ऐरले बताए । केन्द्रमा राखिएका गाईगोरुलाई चरन क्षेत्रको समेत अभाव छ । बृन्दावन सामुदायिक वन क्षेत्र मात्रै गाईगोरुको चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ । अन्य सामुदायिक वनले चराउनका लागि अनुमति नदिँदा समस्या भएको छ ।
गाईगोरु बिरामी हुदा पशु प्राविधिक बाह्य क्षेत्रबाट चर्को शुःल्क तिरेर ल्याउनुपर्ने अवस्था रहेकाले यस्तो समस्या समाधान गर्न केन्द्रमै पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा अध्यक्ष ऐरले जोड दिए ।
नगरपालिकाको कार्यालयलाई यसबारे पटक–पटक लिखित र मौखिकरूपमा जानकारी गराउँदासमेत बेवास्ता हुँदै आएको उनले उल्लेख गरे । उपचारकै अभावमा कतिपय गाईगोरुको मृत्युसमेत हुँदै आएको छ । केन्द्रमा व्यवस्थापन गरिएका गाईको नश्ल सुधार गरी उन्नत प्रकारका बाछाबाछी उत्पादन गरी बिक्री गर्ने योजनासमेत छ ।
नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गर्ने कार्यलाई अगाडि बढाइएको छ । कृषिमा प्रयोग हुँद आएको रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नका लागि प्राङगारिक मल उत्पादन गरी सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष ऐरले बताए । केन्द्रमा ठूलो क्षमताको गोबरग्यास प्लान्ट निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।
बजेट अभावले गाईगोरुका लागि घाँस खेतीलाई अगाडि बढाउन नसकिएको गुनासो गर्दै उनले आउँदो आवदेखि जग्गा लिजमा लिएर भए पनि घाँसखेती गरिने बताए । नगरपालिकाले गाईगोरु व्यवस्थापन केन्द्र सञ्चालनका लागि बजेटको व्यवस्था गर्दै आएको छ ।
“प्रतिवर्ष विनियोजन हुने बजेटले केन्द्र सञ्चालन गर्न निकै धौधौ छ”, अध्यक्ष ऐरले भने, “गाईगोरु हेरालुहरूका लागि तलब दिनमै बजेटको ठूलो हिस्सा सकिन्छ । व्यवस्थापनका लागि थोरै रकम हुँदै पु-याउनै सकस हुन्छ ।” चालु आवमा गाईगोरु व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन भएकामा रु ३२ लाख खर्च भइसकेको छ ।
नवनिर्वाचित नगरप्रमुख रणबहादुर महराले गाईगोरु व्यवस्थापनको कार्यलाई प्रदेशकै नमूना बनाउने बताए । “नगर क्षेत्रमा विगतमा छाडा गाईगोरु ठूलो चुनौतीका रुपमा थिए”, उनले भने, “केन्द्र निर्माणपछि व्यवस्थापनको कार्य भएको छ । समस्या समाधान हुँदै गएको छ । व्यवस्थापनको कार्यलाई नमूनाकारूपमा अगाडि बढाइने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार