विश्व बजारको मागअनुरूपको गुणस्तरीय शिक्षाले मात्रै शैक्षिक बेरोजगारी रोक्न सक्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार २१:१८:४९
२० जेठ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुरूपको गुणस्तरीय उच्च शिक्षा देशभित्र उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् । उनले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्न विश्व बजारको माग अनुसार शिक्षा दिनुपर्ने बताएका छन् ।
काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशभभित्र नै सीपमूलक शिक्षा विकास गरी विकास निर्माणका कार्यहरूमा स्वदेशी दक्ष जनशक्तिको उपयोग गर्नुपर्ने बताए । युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुरूपको गुणस्तरीय उच्च शिक्षा देशभित्रै प्राप्त गर्नसक्ने वातावरण निर्माण गर्नेतर्फ जोड दिनुपर्ने उनबको भनाई छ ।
देउवाले काठमाडौं विश्वविद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय उच्च शिक्षाको प्रवद्र्धन गर्न अग्रणी भूमिका निर्वाह गर्दैआएको बताउँदै विश्वविद्यालयबाट उत्पादित गुणस्तरीय जनशक्ति उत्पादन गरी विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति पूरा गर्दैआएको दावी गरे । विश्वविद्यालयको पाँचखालमा मुलुकको आवश्कताअनुरुपको कृषि शिक्षा र समयको मागअनुसार आर्टीफिसियल ईन्जिनियरिङ कार्यक्रम शुरु भएकोमा खुसी भएको बताए ।
प्रधानमन्त्री देउवाले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरेर केयूले उच्च शिक्षाका लागि वर्षेनी विदेशिने गरेको विदेशी मुद्रालाई मुलुकभित्रै सञ्चित राख्न सहयोग पुर्याएको बताए । विश्वविद्यालयले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड– १९ को सन्त्रासबीच पनि आफ्नो शैक्षिक क्यालेण्डर यथावस्थामा राखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
उनले विश्वविद्यालयले बौद्धिक जनशक्तिको पलायन रोक्न, सीपयुक्त जनशक्ति विकासमा ह्रास आउन नदिन तथा परिवर्तित युगसुहाउँदो शैक्षिक, वैज्ञानिक चेतनाको विकास कार्यमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । प्रधानमन्त्री तथा केयूका कुलपति देउवाले विश्वविद्यालयका शैक्षिक कार्यक्रमका गतिविधिहरू क्रमशः बढ्दै गइरहेको परिप्रेक्ष्यमा यसको भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट आवश्यक सहयोग हुने बताए ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले केयूबाट उत्पादित दक्ष जनशक्ति स्वदेश तथा विदेशमा काम गर्दैआएको बताए । उनले विश्वविद्यालयले विश्वका २२९ वटा उच्च शिक्षासँग सम्बन्धित प्राज्ञिक एवम् अनुसन्धानमूलक संस्थासँग सहयोग आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।
दीक्षान्त समारोहमा स्कूल अफ साइन्स इन्जिनियरिङ, एजुकेशन, म्यानेजमेन्ट, आर्टस र मेडिकल साइन्सका करिब एक हजार ७१५ जना विद्यार्थी दीक्षित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार