रानीज्यूलोमा रोपाइँ सुरु
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार १९:२४:३२
२२ जेठ, कर्णाली । गत वर्ष आएको बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका–१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ । गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो ।
अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौँ किसानको धान, कोदो, मकै भटमास, सिमीलगायतका अन्न र स्याउबालीमा क्षति पुगेको थियो । भित्र्याउने बेलाको बाली प्राकृतिक विपद्ले खोसेपछि यहाँका किसान मारमा परेका थिए । बाढीले यस वर्ष गाँस खोसे पनि अर्को वर्ष कुलो निर्माण भइदिए हुन्थ्यो भन्ने आशा गरेका किसान कुलो सञ्चालनमा आएसँगै निकै हर्षित भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
“कृषि विकास कार्यालय जुम्लाको रु सात लाख र स्थानीयवासी समुदायको रु एक लाख श्रमदानबाट बाढीले क्षतिग्रस्त स्थानमा ४१ मिटर आरसिसी कुलो निर्माण भएको हो”, उनले भने, “तातोपानी गाउँपालिका–१ जुम्लास्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाइँ सुरु भएको छ ।” तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मिटर कुलो आरसिसीका साथै ४० ग्याविन हालेर रोपाइँ सुरु गरिएको छ, तथापि जोखिम क्षेत्रमा कुलो पूरै आरसिसी एवं बाँध निर्माण गर्न ठूलो योजना चाहिने भएको उनले बताए ।
रानीज्यूलोको कुलो निर्माणले १६ हेक्टर जमिनमा काली मार्सीधान फल्ने खेतमा सिँचाइ पुगेको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । “क्षतिग्रस्त कुलो नबन्दा धान रोप्न नपाइने हो कि भन्ने आशंक थियो”, उनले भने, “यस वर्ष जेनतेन कृषि विकास कार्यालयको सहयोगमा कुलो निर्माण भएर हामीलाई राहत पुगेको छ ।” रोपाइँ भए पनि वर्षायामको नदीले पुनः कुलो र खेत बगाउने हो कि भन्ने चिन्ता भएकाले त्यसमा ग्याबिनको मात्रा बढाएर सहयोग गर्न सरकारलाई उनले अनुरोध गरे ।
कृषि विकास कार्यालयका सबइञ्जीनियर महेश बुढ्थापाका बाढीले बगाएको तातोपानी–१ बाइराकाको १०० मिटर कुलो पुनःनिर्माणका लागि काम भइरहेको छ । त्यस्तै तिला गाउँपालिका–४ जुम्ला नुवाकोटमा पनि विपद्ले बगाएको बालुबाट चौसिलासम्मको १२३ मिटर कुलो आरसिसी निर्माण भएको तर सो कुलो धेरै बनाउनुपर्ने आवश्यक रहेको सबइंजीनियर बुढ्थापाले बताए । उनका अनुसार जुम्लाका सिँचाइ योजना तथा आरसिसी कुलो ६० बढी स्थानमा निर्माण भइरहेका छन् ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले कृषि विकास कार्यालय जुम्लाको आरसिसी कुलो निर्माण सहयोगले समुदायलाई ठूलो सहयोग पुगेको भन्दै कार्यालयलाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष चौलागाईंले वर्षाको पानीले कटान गर्ने सम्भावना बढी भएकाले स्थानीय तथा प्रदेश सरकारको सहयोगमा कुलो अझै मरमत गर्न आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार