आजदेखि काठमाडौंको फोहोर उठाइने, महानगरका मेयर बालेन्द्रको अग्निपरिक्षा सुरु
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १२:२८:५९
२४ जेठ, काठमार्डौ । प्रभावित क्षेत्र र सरकारी पक्षबीच सहमति जुटेपछि मंगलबार (आज)बाट काठमाडौंको फोहोर उठ्ने भएको छ । योसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अग्निपरिक्षा पनि सुरु भएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएर महानगरको मेयरमा विजयी भएका बालेन्द्र शाहले पदभार ग्रहण लगत्तै फोहोर व्यवस्थापनका लागि पहल सुरु गरेका थिए । यही १६ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल÷बन्चरेडाँडा लैजान दिने सहमति भएको हो ।
सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल÷बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।
सहरी विकास मन्त्रालयका तर्फबाट तीन र महानगरले ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो । सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन महानगरले सोमबार विहानदेखि केमिकल छर्कन थालेको थियो ।
सहमतिअनुसार बञ्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँचवटा सडकका लागि रु. ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।
जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी अधिग्रहणको प्रकृया सुरु गर्ने सहमति भएको छ ।
यस्तै, धुनिवेँसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य विमा वोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य विमा गर्ने सहमति भएको छ ।
धुनिवेसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्रतिवेदनलाई आधार मानी १० दिन भित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने फोहोरलाई स्रोतमै छुटयाउने प्रकृया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि जेठ २४ गते देखि नै फोहोर उठाउने र माटीले फोहोर छोप्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने पनि बताइएको छ । सहमतिपत्रमा सहरी विकास मन्त्रालयकोतर्फबाट बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका आयोजना निर्देशक रबिन्द्र बोहरा, काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तर्फबाट लोकनाथ पौडयाल र धुनिबेँशी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार