फोहोर फाल्न बन्चरेडाँडामा प्रहरी परिचालन, संसदमा गगनको हिसाबकिताब
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २२:१२:२२
२४ जेठ, काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फोहोर फाल्न नदिएर गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरिहँदा संसद बैठकमा सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापा सिसडोलमा लाग्ने अरबौं खर्चको हिसाब सुनाइरहेका थिए । सोमबार मात्रै दुई पक्षमा सहमति भएको भन्दै मंगलबार बिहानदेखि फोहोर उठाउन सुर गरिएको थियो ।
फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको हो । यो प्रक्रिया आज मात्रै चलेको हैन, विगतदेखि यसरी नै अवरुद्ध हुँदै आएको हो । तर, स्थानीयको माग पुरा गर्न सरकार तयार नदेखिएको भन्दै सधै अवरोध भइरहेको छ । जसको दुखेसो थापाले संसदमा पोखेका छन् ।
धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गर्दा धेरै स्थानीय घाइते पनि भएका छन् । प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई शान्तिपूर्ण आन्दोलन गरेको भन्दाभन्दै आएर धरपक्कड गरेको स्थानीय बताउँछन् ।
सुरक्षाकर्मी स्थानीय महिलामाथि घरभित्रै छिरेर हातपात भएको र लुगासमेत च्यातिएको उनीहरु बताउँछन् । प्रहरीले घरघरमै पुगेर स्थानीयबासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको बताएका छन् । तर, सांसद भने हिसाबकिताब र एकअर्कालाई आरोप लगाउनमै व्यस्त छन् ।
धुनिबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बन्चरेडाँडा क्षेत्र तनावग्रस्त छ र यो कहिलेसम्म रहने हो भन्ने एकिन छैन् । सरोकारवाला समितिका अध्यक्ष श्रीराम ढुंगानासहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटका एसपी रामप्रकाश साहले सिसडोलको अवरोध खोलिएको जानकारी पनि दिए ।
यता, यसै समयमा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने हिसाब देखिएका छन् । उनले आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने सुझाव पनि दिएका छन् ।
उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्लाई जानकारी गराइदिन पनि शहरी विकास मन्त्रीलाई आग्रह गरे । नेता सांसदले फोहोर व्यवस्थापनमा शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको प्रशंसाप्रति इशारा गर्दै स्थानीयको मर्का बुझ्न आग्रह गरे ।
उनले विवाद तथा सवाल जवाफ गर्न भन्दा पनि काठमाडौंको फोहोर व्यवस्थापनमा कस्ता समस्या कहाँ देखिए भन्नेबारे जानकारी गराइदिन आग्रह गरेका थिए । यस्तै नेता थापाले फोहोर व्यवस्थापनको काम एकैपटक समाधान गर्न कठिन हुने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार