चार जनप्रतिनिधि निलम्बन गराउन अख्तियारको पत्र
नेपालबहस संवाददाता
जेठ २४, २०७९ बुधबार ३:५७:१९
२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई भनेको हो ।
कैलाली जिल्ला, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय लगायतलाई निलम्बन कार्यान्वयन गराउन लेखी पठाइएको छ । उपाध्याय वडा नम्बर २ का अध्यक्ष हुँदा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको भनी विशेष अदालतमा आरोपपत्र दर्ता भएको थियो ।
मोहन्याल गाउँपालिका–३ का अध्यक्ष नन्दराम गिरीलार्ई पनि उनीविरुद्धका अन्तिम मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित गर्न आयोगले भनेको छ । उनी विरुद्ध अघिल्लो कार्यकालमा विशेष अदालतमा आरोपपत्र दर्ता भएकामा अन्तिम फैसला हुन बाँकी छ ।
नुवाकोट, विदुर नगरपालिका–९ का अध्यक्ष हरिराम भण्डारीलाई पनि निलम्बन कार्यान्वयन गर्न भनिएको छ । भण्डारी सो नगरपालिकामा पर्ने सुरक्षण माध्यमिक विद्यालयका प्रधानाध्यापक हुँदा विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
त्यस्तै अछाम जिल्ला, पञ्चदेवल विनायम नगरपालिका–७ मा निर्वाचित भएका सुरतबहादुर रावललाई पदमुक्त गराउन भनिएको छ । सोही नगरपालिका–७ मा रहेको कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा बहाल भएको कसुर ठहर भएर रु पाँच हजार जरिवाना सजाय भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार