मधेश झरेर उपेन्द्रले भने,‘ठाकुरजी मधेशको मत एकत्रित गर्न पार्टी एकता गरौँ’
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १७:७:२०
२५ जेठ, धनुषा । स्थानीय तहको निर्वाचनमा मधेशको मत विभाजित भएर अरु पार्टीमा बढी गएपछि मधेश केन्द्रित दुई दलले पार्टी एकताका लागि पुनः पहल सुरु गरेका छन् । महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टीबीच एकताको प्रयास भएको हो ।
दुई दिन देखि तराइमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मत र जनमत विभाजन हुँदा मधेसी जनतालाई क्षति पुगेका कारण पार्टी एकता आवश्यक रहेकोमा जोड दिइरहेका छन् ।
यादवले बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पनि जसपा पार्टी विभाजन भएर लोसपा बन्दा कसैलाई फाइदा नभई नोक्सान मधेसीकै भएको बताउँदै एकताका लागि महन्थलाई आग्रह गरेका छन् । यादवले मंगलबार पनि पार्टी एकताका लागि लोसपालाई आग्रह गरेका थिए ।
‘जनता समाजवादी र राजपा मिलेर बनेको जसपाबाट महन्थ ठाकुर नेतृत्वमा निस्केको समूहबारे समीक्षा गर्ने समय आएको छ,’ अध्यक्ष यादवले भने, ‘पार्टी छाडेर के फाइदा भयो ? नोक्सान दुवैतिर भएको छ । फाइदा त कसैलाई भएको छैन; विभाजनको औचित्य छैन । भड्काउन षड्यन्त्र भएको छ । पार्टी फुट्दा न लोसपालाई हित भयो न मधेसी जनतालाई फाइदा भयो,’ उनले भने ।
‘खुल्ला हृदयले आग्रह गर्दछु कि हिजोको समीक्षा गरेर पार्टी फुटले कसलाई फाइदा भयो ? ’ यादवले भने, ‘जब कसैको हितमा भएन भने अझै समय छ, फुटेर होइन जुटेर अगाडि बढौं । जुटेर अगाडि बढ्न लोसपाका साथीहरू आए खुल्ला हृदयले स्वागत गर्न तयार छौं ।’ पाँचदलीय गठबन्धनको माध्यमबाटै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जसपा अगाडि बढ्ने यादवले बताए ।
गठबन्धबाट कसैलाई फाइदा, कसैलाई नोक्सान भए पनि गठबन्धनको निरन्तरताको पक्षमा हामी छौं,’ उनले भने । गठबन्धनले लोकतन्त्रमाथिको संकटबाट बचाएर अगाडि बढेको उल्लेख गर्दै प्रतिनिधि सभाबाट नागरिकता ऐन पारित गरेर नागरिकताबाट वञ्चित मधेसीका सन्तानहरूलाई नागरिकता उपलब्ध गराउने यादवले प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार