बन्चरेडाँडामा फोहोर बोकेका गाडी अलपत्र, संसदमा कांग्रेस र एमालेको जुहारी
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १८:११:२३
२५ जेठ, काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयले फोहोर विसर्जनमा अवरोध गरिरहेका बेला नीति निमार्णको मुख्य थलो संसद भने यतिबेला सत्ता पक्ष र विपक्षको जुहारी खेल्ने र एकले अर्कालाई आरोप लगाएर पन्छिने थलोका रुपमा विकसित भइरहेको छ ।
विगतदेखि उपत्यकाको मुल समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनमा दुवै पक्षको ध्यान जान सकेको छैन् । यसको लागि सबै राजनीतिक दल एक ठाउँमा बसेर निकास दिने विषयमा एकत्रित हुन सकिरहेका छैनन् । दुई दिनदेखि बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गर्दा काठमाडौं महानगरपालिका अलमलमा परेको छ ।
यता, प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले काठमाडौंको फोहोर व्यवस्थापनमा भएको सहमतिबारे जानकारी माग्दै तत्काल मन्त्री आएर जवाफ दिन माग गरेको छ । सहमति भएर पनि फोहोर नउठेको र काठमाडौं अझै गन्हाइरहेको भन्दै एमाले सांसदले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग जवाफ मागेको हो ।
एमालेको मागपछि नेपाली कांग्रेसका सांसद गगन थापाले पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।
सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंबासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए । त्यसअघि काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका शहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको एमाले सांसदले संसदलाई जानकारी गराएका थिए ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका शहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए । यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंबासी चुप लागेर नबस्ने चेतावनी दिए ।
निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी शहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले प्रत्येक ५०–५० मिटरमा फोहोरको डंगुर र थुप्रो भइरहेको भन्दै जवाफ माग गरे । काठमाडौंका जनताले गरिरहेको धिरताको ख्याल गरेर सरकारले समयमा ख्याल गर्नुपर्ने चेतावनी उनको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार