प्रतिनिधिसभामा सांसदका मागै माग, ‘काम छैन भने उपसभामुख र राज्यव्यवस्था खारेज गरौँ’
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १८:५३:६
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उपसभामुख पद र राज्य व्यवस्था समितिको काम नभए खारेज गर्न सुझाव दिएका छन् । अहिलेसम्म नागरिकता विधेयक नल्याएको र समितिले काम नगरेको भन्दै राज्यव्यवस्था खारेज गर्न माग गरेका हुन् ।
उनीहरुले संसदीय समिति व्यवस्थित र उपसभामुख पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । उनीहरूले मुलुकमा भइरहेको आपराधिक घटनाबारे सरकार गम्भीर बन्नुपर्ने तथा किसानहरूलाई मल उपलब्ध गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले उपसभामुख र संसदीय समितिबारे प्रश्न उठाएका थिए । उनले संसदीय व्यवस्थामा विकृति देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ’हामी कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजिरहेका छौं ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौं ।
उनले भने, ’प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति १ वर्षदेखि कामविहीन छ । संसद् विघटन र यो सरकार गठनदेखि नै कामविहीन छ । त्यो पनि चाहिँदैन भने त्यो खरोज गरौं र त्यहाँ भएका सांसदहरूलाई अर्को समितिमा पठाइदिउँ । दुवैको औचित्य र आवश्यकता छैन भने किन राख्ने ? उपसभामुख पद र राज्यव्यवस्था हटाउँ । सरकारलाई त यी चाहिँदै चाहिँदैन ।’
सांसद अमनलाल मोदीले सरकारलाई नागरिकता विधेयक ल्याउन माग गरे । उनले भने, ’नागरिकताको अवस्था भयावह भइरहेको छ । पढ्न पाइरहेको छैन, जागिर खान पाइरहेको छैन । तुरुन्त यो कुरामा सरकारको ध्यान जाओस् र नागरिकता विधेयक ल्याओस् ।’
सांसद कृष्णभक्त पोखरेलले सांसदहरूलाई संसदीय गरिमाको ख्याल गर्न आग्रह गरे । उनले भने, ’११ बजेको बैठकमा २६ मिनेटसम्म उपस्थित नहुने, घण्टी बजेको बज्यै गर्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्ने मन्त्रीहरूलाई संसद्को गरिमा घटाउने काम नगर्न निर्देशन गर्न अनुरोध गर्छु ।’
खगराज अधिकारीले भने महाभियोग प्रस्ताव किन ल्याएको हो भनेर प्रश्न गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको महाभियोग प्रस्ताव छलफलमा ल्याउन उनले माग गरे । ’महाभियोगको प्रस्ताव असरल्ल पार्न ल्याइएको हो कि फैसला गर्न ल्याइएको हो ? छलफलमा ल्याउन जोडदार माग गर्न चाहन्छु,’ उनले भने ।
त्यस्तै, सांसदहरूले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएको विषय पनि उठाएका थिए । एमाले सांसद झपट रावलले किसानहरूले नेताका घरअगाडि धान रोप्ने अवस्था नआओस् भनेर चेतावनी दिएका थिए ।
सांसद गगन थापाले भने काठमाडौंको फोहोर व्यवस्थापनमा सबैको साथ र सहयोग हुनुपर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि महानगरवासीले भूमिका खेल्नुपर्ने बताए । ’कतिपय कुरा सहरी विकासमन्त्रालय र महानगरले चाहेर पनि गर्न नसक्नेभ एकाले प्रधानमन्त्रीलाई नै पहलकदमी लिन आग्रह गर्छु,’ उनले भने, ’नगरवासीले पनि साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर स्रोतबाट नै छुट्याउने अभियानमा सहयोग गर्नका लागि सहयोग गरौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार