गौरिशंकर वेदिङमा राष्ट्रिय प्रसारण लाइन जडान
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २२:३८:३५
२५ जेठ, चरीकोट । दोलखाको विकट उत्तरी क्षेत्र गैरिशंकर हिमालको काखैमा रहेको गौरिशंकर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशंकर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरिशंकर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरिशंकरको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङांग र बेदिंग लगायतको क्षेत्रहरुमा विद्युत्लाई विस्तार गरिएको हो ।
स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा समेत आवश्यक सहयोगसमेत गरेपछि गाउँमा बिजुली बत्ती आएको स्थानीय शिक्षक बोलेन्द्र आचार्यले जानकारी दिनुभयो । जिल्लाकै उत्तरी क्षेत्र र हिमाली उच्च क्षेत्र भएका कारण तथा यातायातको सुविधा नभएपश्चात् प्रसारण लाइन जडानका लागि निकै चुनौती रहेको र लामो समयदेखि निरन्तर कार्य जारी रहेपश्चात् गाउँमा बिजुली पुगेको जनाइएको छ । अहिले सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।
गौरिशंकर–९ स्थित सुर्मुचे, क्याल्चे, डोङांग र बेदिंग लगायतका बस्तीहरुमा राष्ट्रिय केन्द्रीय प्रसारण लाइनको बिजुली बल्न सुरु भएपछि च्छोरोल्पा जाने पर्यटकहरुका लागि सबैभन्दा बढी सहज भएको छ । एक हप्तासम्मको यात्रामा च्छोरोल्पा जाने पर्यटकलाई मोबाइल, टर्च र क्यामेराको ब्याट्री लगायतका विद्युतीय उपकरणहरु चार्जका लागि बिजुली चाहिने भए तापनि विद्युत् नहुँदा समस्या हुँदै आएको अब उक्त समस्याको समाधान भएको छ ।
वर्षमा हजारौँ पर्याटकहरु पैदल मार्ग हुँदै हप्तादिनको यात्रामा च्छोरोल्पा जाने गर्दछन् । बाटोमा खाना बस्नको राम्रो व्यवस्थापन र पैदल मार्गका लागि च्छोतदेखि हिमतालसम्मै पुग्ने बाटो राम्रो तरिकाले निर्माण गरेपछि पर्यटकहरु थप वृद्धि भएको स्थानीयवासी छिरिङ शेर्पाले बताए । बाटोमा बस्दै रमाइलो गर्दै जाने पर्यटकहरुका लागि विद्युत् सेवा विस्तार भएपछि थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ । च्छोरोल्पा हिमतालमा पैदल यात्रामार्फत जान नसक्ने कतिपय पर्यटकहरु हेलीमार्फत पनि उक्त क्षेत्रमा भ्रमणमा जाने गरेको पाइन्छ । गैरिशंकर संरक्षण क्षेत्रभित्र पर्ने यस हिमतालमा जाने पर्यटकहरुलाई सहज गराउनका लागि संरक्षण क्षेत्रले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गैरिशंकर गाउँपालिका–९ का ठाङ्दिंग, उतिसे र केतांगमा अझै विद्युतीकरणको कार्य बाँकी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथाकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार