बन्चरेमा काम लागेन बल प्रयोग, बाह्र सय मेट्रिक टन फोहोर काठमाडौं फर्किदा लोडिङ साइडमै समस्या
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १४:१३:१
२६ जेठ काठमाडौं । बिहीबार पनि बिहानैदेखि काठमाडौंका सडक र घरका पेटीमा राखिएको फोहोर उठाएर लोडिङ साइडमा लगिएको छ । सामान्य वर्षा भइरहेकाले भित्री सडकहरुमा हिलो र दुर्गन्ध उस्तै छ ।
फोहोर व्यवस्थापनमा खटिएका महानगर कर्मचारीका अनुसार बुधबार फर्किएको फोहोर गाडीमै लोड भइरहेकाले आज संकलन गरेको फोहोर लोडिङ साइडमा राख्ने ठाउँसमेत छैन ।
उता, बिहीबार बिहानदेखि नै बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा जाने सडक स्थानीयले अवरुद्ध गराएका छन् । आन्दोलनको स्वरुप परिवर्तन गर्दै बाटो खोल्न जाने सुरक्षाकर्मीलाई माथि र परैबाट धपाउने उनीहरुको योजना छ ।
महानगरपालिकाका कर्मचारीलाई स्थानीयले फोहोरका गाडी नपठाउन र पठाएमा दुर्घटना हुने चेतावनी दिएका छन् । दुबै पक्षबीच झडप तनाव हुने स्थिति देखिएपछि आज सुरक्षाकर्मीको संख्या दोब्बर बनाउने सरकारी पक्षको तयारी भएको बताइएको छ ।
बुधबार स्थानीयको अवरोध हटाउन र फोहोर बोकेका ट्रकको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्रका गरी २ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएका थिए । स्थानीयको ढुंगा र बोतल प्रहारबाट केही प्रहरी घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ ।
फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले काठमाडौंनै फर्काइदिए । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार बुधबार करिब डेढ सय ट्रक फोहोर बिसर्जन गर्न गएका थिए । उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर बन्चरेडाँडा गएका ट्रकले फोहोर फाल्न पाएनन् ।
मंगलबार उपत्यकाबाट गएका १ सय ५७ ट्रकको फोहोर ल्यान्डफिल साइटमा सुरक्षाकर्मीले पुर्याएका थिए । स्थानीयले बुधबार विहान सुरक्षाकर्मीले माइकिङ गर्नुअघि नै आन्दोलनको रुप परिवर्तन गरी माथि डाँडामा प्रतिकारका लाति तम्तयार भइसकेका थिए ।
सरकारले मंगलबारबाट स्थानीयको सहमतिबेगर बञ्चरेडाँडा डम्पिङ साइटमा काठमाडौंको फोहोर फाल्न सुरू गरेको हो । प्रहरी र सशस्त्र परिचालन गरेर मंगलबार दिनभरिमा डेढ सय ट्रकभन्दा बढी फोहोर फालिएको थियो । अवराेध गर्ने तीस जनाभन्दा बढीलाई पक्राउ गरिएको स्थानीय बताउँछन् । बुधबार यही घटना दोहोरिने आकलन गर्दै बञ्चरेडाँडाका स्थानीय बिहानै घर छाडेका थिए ।
बञ्चरेको डम्पिङ साइट वरिपरि डाँडाले घेरिएको गहिरो खाल्डोमा छ । त्यही खाल्डोतिर झर्ने बाटोमा आलेटार, दोभाने लगायत बस्ती छन् । योजनाअनुसार प्रहरी र सशस्त्र टोली पुग्ने बेला स्थानीयहरू घर छाडेर डाँडा माथिमाथि उक्ले र डाँडाको डिलबाट ढुंगा बर्साए ।
फोहोर बोकेका ट्रक तथा टिपरहरूको बाटोमा ढुंगा, मुढा र रूखका हांगाहरू राखिएका छन् । बुधबार दुई सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । यो अघिल्लो दिनको तुलनामा करिब दोब्बर हो । सशस्त्र प्रहरी टोली पनि खटिएको थियो । प्रहरी गाउँमा घुसेपछि स्थानीयले डाँडा माथिबाट ढुंगा हानेका थिए ।
दिनभरिको झडप र तनावपछि फोहोर लिएर गएका ट्रक तथा टिपरहरू डम्पिङ साइटसम्म पुग्न सकेन र फोहोर बोकेरै फर्किए । फोहोरको गाडी फर्किएपछि साँझ सडकै जाम भयो । फोहोर फाल्न गएका कन्टेनरको सुरक्षाको लागि खटिएका प्रहरीमाथि स्थानीयले आक्रमण गरे । स्थानीयले फोहोरका गाडीलाई प्रहरीले सुरक्षा दिएको भन्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन् ।
बिहीबार पनि स्थानीय अवरोध गर्ने छन् । उनीहरुले माग पुरा नभएसम्म फोहोर फल्न नदिने बताई रहेका छन् । यता, फोहोरकै विषयमा राजनीतिक दलहरुमा बाझाबाझ छ । निकासका विषयमा दलहरुबीच छलफल भएको छैन् । एकले अर्कोलाई देखाउने काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार