निजी क्षेत्रसँगको सहकार्यमा जोड
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १७:६:२३
२६ जेठ, गण्डकी । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।
नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेण्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष नारायण कोइरालाले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा पोखराका वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।
प्रमुख आचार्यले महानगरको सबैभन्दा ठूलो चुनौती सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने उद्घोेष गरेका हुन् । उनले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताए ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको उल्लेख गर्दै सो क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले चक्रपथ विस्तारमा ध्यान दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गर्दै लगानीमैत्री वातावरण निर्माण तथा कृषिको व्यावसायिकरणमा लाग्न आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोडदिएका छन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान विजुक्छेलगायतले निजी क्षेत्रसँगको सहकार्यमा जोडदिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार