उपाध्यक्ष भुसालमाथिको कारवाहीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १७:८:५०
२७ जेठ, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष घनश्याम भुसालमाथि गरिने कारवाहीबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको छ । बैठक जेठ ३० मा बोलाइएको छ ।
स्थानीय तह निर्वाचनमा एमाले हारको कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गर्दै उनले राजीनामा दिनुपर्ने भनाई राखेका कारण अनुशासन आयोगले कारवाहीका लागि सिफारिस गरेको छ । उनीमाथिको कारवाहीलाई लिएर एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।
कारवाहीका लागि सिफारिसमा परेका भुसाल र स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गर्न ३० जेठमा सचिवालय बैठक बोलाएको एमालेले जनाएको छ । बैठकका थप एजेन्डा तयका गर्न २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक बसेर तय गर्ने जनाइएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले उपाध्यक्ष भुसालमाथिको कारवाही र स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गनए बैठक बोलाएको बताए । २९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।
उनका अनुसार गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामदेखि अन्य विषय सचिवालयको बैठकको प्राथमिकतामा पर्नेछन् ।
स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो । बैठकका केन्द्रविन्दु पनि भुसाले हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार