पहिरोले चिसोपानीमा दुई घर उच्च जोखिममा
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १८:१७:१२
२७ जेठ, लमजुङ । पहाडी जिल्लामा लमजुङको बेँसीशहर नगरपालिका वडा नं। २ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ ।
गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिमी बढेको हो । चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर बिक र शालिमा बिकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढदै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताए ।
करिव ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रस्त भएको उनको को भनाइ थियो। राति सुत्दा पनि डराई डराई सुत्ने गरेको र बढी पानी आउँदा रातभर जाग्राम बस्न थालेको पीडित लालबहादुरले बताए ।
उनले भने , विगत केही वर्षदेखि अलि अलि पहिरो जाने गरेको थियो तर यसवर्ष त ठूलो पहिरो नै गएर घर नै जोखिम बनाउँदा चिन्ता बढेको छ । अर्का रनबहादुर विकको घर गत २२ गते सोही पहिरोले घर भत्काएको थियो ।
घरमा कुनै मान्छे नबस्ने भएकाले त्यसबेला मानवीय क्षति भने भएन । त्यस्तै हिरासिंह गुरुङकै कुखुराको फर्म र टनेल पनि जोखिममा पुगेको छ । सो पहिरोका कारण गत २२ गतेयता चिसोपानीदेखि बासँपानी जाने सडक नै अवरुद्ध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार