प्रभावकारी बन्दै ‘कल सेन्टर : दैनिक ३०० गुनासो एकैपटक १५ टेलिफोन रिसिभ गर्न क्षमता
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २०:३०:२१
२७ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र(कल सेन्टर) प्रभावकारी बनेको छ ।
महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भएको पहिलो कार्यपालिका बैठकको निर्णयानुसार कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।
हाल दैनिक ३०० गुनासो आउने गरेको बताइएको छ । महानगरको सूचना प्रविधि विभागका नमराज ढकालका अनुसार आएका गुनासामध्ये ९० प्रतिशत फोहर व्यवस्थापनसँग सम्बन्धित रहेका छन् ।
त्यसैगरी सडकका खाल्डाखुल्डी पुर्ने, सेवा प्रवाह जस्ता गुनासो नागरिकका रहेका छन् । गत मङ्गलबारदेखि गुनासो भए वा केही सोधपुछ गर्नुछ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको थियो ।
सूचना प्रविधि विभागका प्रमुख ढकाल भने, “सेन्टरको क्षमता एकैपटक १५ टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।” कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, कामपाको सेवासुविधा वितरणसँग
सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् ।
त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत वा विभागीय प्रमुखलाई उक्त गुनोसो प्रवाह गरिन्छ ।
यसरी आएका गुनासोको प्रकृति हेरी सम्बन्धित विभागको अगुवाइमा जतिसक्दो छिटो सम्बोधन गरिनेछ ।हालका लागि कार्यालय समयमा मात्रै सञ्चालन भएको उक्त सेन्टरमा अन्य समयमा भएका गुनासो रेकर्ड हुने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार