चालु आर्थिक वर्षमै २० वर्षे वाग्मती गुरुयोजना सार्वजनिक गरिने
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २३:२९:२१
२७ जेठ, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले चालु आर्थिक वर्षमै काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रूपमा बग्ने वाग्मती सुधारको २० वर्षे गुरुयोजना ल्याउने भएको छ ।
वाग्मती र यसका सहायक नदीलाई स्वच्छ बनाउने उद्देश्यले २० वर्षे गुरुयोजना ल्याउन लागिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । गुरुयोजनामा नदी सभ्यतालाई पुरानै स्वरूपमा फर्काउने गरी कार्ययोजना बनाउन लागिएको छ ।
गुरुयोजनामा नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन कहाँ कहाँ पोखरी राख्ने, कुन नदीको चौडाइ कति कायम गर्ने, नदी प्रणालीलाई कसरी प्रदूषण मुक्त गर्ने भन्ने उल्लेख गर्न लागिएको समितिले जनाएको छ । विभिन्न क्षेत्रका विज्ञसँगको सहकार्यमा परामर्शदाता कम्पनीले तयार पारेको गुरुयोजनाको प्रारम्भिक प्रस्तुति गरिएको छ ।
गुरुयोजनालाई अन्तिम रूप दिन सबै क्षेत्रका विज्ञसहित अन्तरक्रिया कार्यक्रमसमेत गर्ने तयारी भएको छ । गुरुयोजना कार्यान्वयन गरेर काठमाडौँ उपत्यकाको नदी सभ्यतालाई सुधार गर्न लागिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार