सुविधाको सवारी नगर अस्पताललाई
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शनिबार ०:१८:३८
२७ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको सवारी साधन नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । आज चाँगुनारायण नगर अस्पतालमा पुगेर उनले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य
सेवा पु-याउने उद्देश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उपप्रमुख बुढाथोकीले भने, “ मेरो सुविधाको गाडी नगर क्षेत्रभित्र रहेका वृद्धवृद्धा, शारीरिक अशक्त, दीर्घ रोगी,
बिरामीलाई घरदैलोमै गइ चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुविधा म लिन्न ।”
उनले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुविधा नलिने घोषणा गरे । सफल व्यवसायीसमेत रहनुभएका उपप्रमुख बुढाथोकीले भने,
“मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिव, जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्गता भएका, अशक्त व्यक्तिको वृत्ति विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार