शेयरबजारका सबै सूचक ऋणात्कम, कारोबार रकम खुम्चिएर एक अर्बभन्दा तल
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार २२:०:४९
३० जेठ, काठमाडौं । शेयरबजार यो साताको सुरुमै आरालो झरेको छ । सोमबार शेयरबजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । कारोबार रकम एक अर्बमुनि खुम्चिएको छ । कुल ९९ करोड ८६ लाख रुपैयाँको कारोबार भयो । ४५ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ७ को स्थिर रहेको छ ।
साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकले गिरावट आउँदै बजार परिसूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ अंकमा बन्द भएको हो । नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स २.३० अंकले घटेर ३८९.९५ अंकमा बन्द भएको छ ।
नेप्से घट्दा कारोबार रकम पनि एक अर्ब पुग्ने सकेन । गत शुक्रबार पनि एक अर्बबाट तल झरेको कारोबार रकम आज पनि ९९ करोड ८७ लाखमा सीमित भयो । आज सानिमा बैंकको सर्वाधिक ९ करोड २ लाखको कारोबार भएको छ । उपकार लघुवित्तको पाँच करोड ६४ लाख र सिभिल बैंकको ५ करोड ३७ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर लिमिटेको शेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै युनिलिभर नेपालको सेयरमूल्य ४.१० प्रतिशतले बढेको छ । यता मानुषी लघुवित्तको शेयरमूल्य सवार्धिक ४.४० प्रतिशतले गिरावट हुँदा ओरियन्टल होटेलको ५.२० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ५.०६ प्रतिशतले गिरावट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने
माघ २०, २०८१ आइतबार
महिला अन्तर्राष्ट्रिय क्रिकेट : नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
माघ २०, २०८१ आइतबार
मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप
माघ २०, २०८१ आइतबार
अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
माघ २०, २०८१ आइतबार