वीरेन्द्रनगरको एकीकृत प्रशासनिक भवन
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १७:१:४१
३१ जेठ, कर्णाली । वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकीकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, नगरप्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले संयुक्तरूपमा शुभारम्भ गरे ।
रु १० करोड ७१ लाख लागत अनुमान गरिएको पाँचतले भवन लिफ्ट सुविधासहितको हुनेछ । सो अवसरमा नगरप्रमुख ढकालले संविधानले स्थानीय तहलाई सेवा–प्रवाह गर्ने निकायका रूपमा परिभाषित गरेको बताए ।
सेवाग्राहीको बढ्दो चापका कारण हाल सञ्चालनमा रहेको भवनबाट सेवा प्रवाहमा असहजता सिर्जना भएकाले नयाँ भवन निर्माण थालिएको उनको भनाइ छ ।
“संविधानमा प्रदत्त नागरिकको मौलिक हकको रक्षा गर्दै नागरिकसँग जोडिएर काम गर्नु स्थानीय तहको दायित्व हो”, नगरप्रमुख ढकालले भने, “गुणस्तरीय सेवा प्रवाहमा विस्तार गर्नकै लागि सुविधासम्पन्न एकीकृत प्रशासनिक भवनको निर्माण गर्न लागेका हौँ ।”
निवर्तमान नगरप्रमुख सुवेदीले प्रशासनिक भवन समयमै गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य कँडेलले चुनावमा फरक खालका प्रतिबद्धता भए पनि नगरको विकासका लागि ती सबै साझा प्रतिबद्धता भएको बताए ।
सत्ताइस महिनामा सम्पन्न गरिसक्ने गरी नेपाल पब्लिक शर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ । हालको नगरपालिका कार्यालयको पूर्वी क्षेत्रको खाली जग्गामा भवन बन्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार