एमाले पुरानै लयमा, छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २३:३१:३
३१ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए ।
सभामुख अग्निप्रसाद सापकोटाले भने प्रमुख प्रतिपक्षले उठाएका विषयअनुसार नै आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि संसद् चल्न दिनुपर्ने बताए ।
स्पष्टीकरण दिन पाउने मन्त्रीको अधिकार भएको भन्दै उनले एमाले सांसदहरूलाई बस्न आग्रह गरेका थिए । एमाले सांसदहरु बसेको ठाउँबाट उठेर संसद बैठक अवरोध गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफूले अरु सांसदहरुले पनि प्रश्न लिने र अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरुले मानेनन् । त्यसपछि सभामुख सापकोटाले संसद बैठक असार १ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार