रवीन्द्र मिश्र राप्रपा प्रवेशको गृहकार्यमा
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १२:४८:४
१ असार, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेकाे खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन् । राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेश गर्ने निकट स्रोतको दाबी रहेकाे समाचार उल्लेख छ ।
सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए। राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।
तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ। । नागरिक दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार