झुक्किएर गएको पोर्न भिडियोमा यसरी खुल्यो बलात्कारी शिक्षकको पोल
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १७:३०:५५
१ असार, काठमाडौं । ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् ।
काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर–६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले एउटा ‘पोर्न भिडियो’ पनि झुक्किएर पठाए ।
उक्त ‘पोर्न भिडियो’ थियो – गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्ने कुरै भएन । यसपछि उनले गाउँका अन्य युवाहरूलाई सोही भिडियो ‘फरवार्ड’ गरे । अनि, उक्त पोर्न भिडियो ‘भाइरल’ भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुल्यो । रामसिंह गाउँकै मालिकार्जुन आधारभूत विद्यालयमा कार्यरत छन् । ती युवती पनि सोही विद्यालयको पूर्वविद्यार्थी हुन् ।
तर, उनीहरूको ‘पोर्न भिडियो’ सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिए । जाहेरीका अधारमा सोही दिन रामसिंह पक्राउ पनि परे ।
प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार (जबर्जस्ती करणी) मुद्दा दर्ता गरेको छ । सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले अभियोगपत्र दर्ता गराउँदै रामसिंहविरुद्ध सजायको माग दाबी पनि गरेका छन् ।
तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहको जिकिर छ । उनका अनुसार कहिलेकाहीँ हेर्न भनेर ‘पोर्न भिडियो’ पनि सहमतिमै खिचिएको हो ।
बयानमा उनले गाउँ नजिकैको रानी वनमा गत वर्षको मंसिरमा दुई दिन र पछिल्लो पटक ७ फागुन २०७८ मा गाउँकै एक जनाको गोठमा करणी गरेको बताएका छन् । युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा ‘काम छ’ भन्दै रामसिंहले केही पर तान्दै गोठमा लगी बलात्कार गरेको बताएकी छिन् ।
युवतीले बलात्कार भने पनि रामसिंहले चाहिँ युवतीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र फोनमा कुराकानी गरिरहने र भेट भएको मौकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेको बयानमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार