झलनाथले खुट्टा उचालेपछि माधव नेपाललाई पार्टीभन्दा नेता जोगाउन गाह्रो
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २०:२०:११
१ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता सहयात्री दलहरुले पूर्णसहयोग नगरेका कारण पार्टीको हैसियतभन्दा स्थानीय तह निर्वाचनमा कम सिट प्राप्त भएको निष्कर्षसहित गठबन्धनका सात कम्जोरी देखाएर यसमा सुधार नभए फेरी गठबन्धनको औचित्य नहुने प्रतिवेदन सार्वजनिक गरेका छन् ।
निर्वाचनपछि प्रदेशमा प्रतिनिधिनै खटाएर यस्तो प्रतिवेदन सार्वजनिक गर्नु उनका लागि बाध्यता जस्तै भएको पनि देखिएको छ । गठबन्धन र सत्ता सञ्चालनका क्रममा भएका कतिपय विषयहरुलाई पार्टीमा मुद्दा बनाएर सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपाललाई चेतावनी दिइरहका छन् । उनले भरकस नेपाली कांग्रेससँगभन्दा बाम शक्तिकाबीचमा चुनावी तालमेल हुनुपर्ने मत पार्टीमा राखेका छन् ।
खनालले मन्त्रिपरिषदमा फेरबदल गर्ने विषयलाई सचिवालयको बैठकबाट निर्णय गराएर नेकपा एसभित्र एकखालको विद्रोहको विजारोपण पनि गरिरसकेको बताइन्छ । नेताहरु खनालले ओलीबाट केही ग्रिनसिग्नल पाएपछि अहिले कायम रहेको गठबन्धनबाट पार्टी अलग्याउने प्रयास गरिरहेको बताउँछन् ।
नेता खनालले इलामको जिससमा गठबन्धन छाडेर नेकपा एमालेलाई सघाएपछि अहिले उनका भनाइहरुसमेत फेरिएर एमाले केन्द्रीत हुँदै गएका छन् । आगामी संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा इलामबाट निर्वाचित हुन अहिलेको गठबन्धनबाट असम्भव देखेपछि खनाल ओलीतिर लागेका हुन् । तर, ओलीले उनका लागि आफ्ना उम्मेदवार उठाउने नउठाउने केही निर्णय दिएका छैनन् ।
एमाले अध्यक्ष ओलीको मुल उदेश्य भनेको अहिलेको कांग्रेस नेतृत्वको गठबन्धनलाई जसरी पनि विभाजन गर्नु हो । उनले नेकपा एसबाट खनाल, जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई र नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठलाई गठबन्धन फुटाएर एमालेलाई सहयोग पुर्याए प्रतिनिधिसभाको सिट सुरक्षित गरिदिने आश्वासन दिएको नेताहरु बताउँछन् ।
माधव नेपालका लागि पार्टीमा अहिले खनाल निकै समस्याका रुपमा देखिएका छन् । खनालसहित कारण पार्टीका अन्य नेताहरु पनि प्रतिनिधिसभामा निर्वाचित हुनकै लागि पनि एमालेले साथ दिए हुनेगरी पार्टीभित्र असन्तुष्टि राखिरहेका छन् । मन्त्रिपरिषदमा रहेकालाई फिर्ता बोलाउने र नयाँलाई पठाएर हेरफेर गर्ने निर्णयले पनि नेपालबाट नेता उम्कने खतारा बढाएको छ ।
सम्पन्न स्थानीय चुनाव वर्तमान सत्ता गठबन्धन भर्सेज एमालेसहित केही साना दलको गठबन्धनबीच भिडन्त थियो । एमालेबाट विभाजन भएर बनेको नेकपा (एकिकृत समाजवादी) का लागि आउने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन पनि अग्नि परीक्षाकै रुपमा छ । कुनै एक पक्षको सहायताबिना नेकपा एसलाई आगामी निर्वाचनमा अस्तित्व जोगाउन सहज छैन् ।
अहिले पार्टीभित्रै गठबन्धनको निरन्तरता दिने नदिने वा कसरी गर्ने भन्नेमा बहस छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र अर्को नेता झलनाथ खनालसहितका नेताहरुले सार्वजनिक रुपमै स्थानीय चुनावमा गठबन्धनको भूमिकाप्रति असन्तुष्टी जनाउँदै आएका छन् । यसले आउने निर्वाचनमा उसलाई धरै सिट दिनुपर्ने माग भएको देखाउँछ । तर, त्यो सम्भावना छैन् ।
अध्यक्ष नेपाल भन्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल गठबन्धनप्रति आक्रमक छन् । खनालले वामपन्थी गठबन्धन हुनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । उनले वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो राख्दै नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझको बताइरहेका छन् ।
अध्यक्ष नेपाल भने संघीय तथा प्रदेश चुनावमा समेत अहिलेकै गठबन्धन जाने धारणा राख्दै आएका छन् । उनले मंसिरको चुनावसम्म गठबन्धन चाहेको र गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने मनसाय पार्टीमा राखेका छन् ।
गठबन्धनप्रति खनालको असन्तुष्टीको अर्को कारण मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री देउवाले देखाएको अनिच्छा पनि हो । देउवा त्यो निर्णय तत्काल कार्यान्वयन गर्न अनिच्छुक देखिएका छैनन् । कांग्रेसमाथि घुर्कि र धम्कीको भाषा प्रयोग गरेपनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाउन गठबन्धन नभई नहुने देखिन्छ ।
माओवादी र एकीकृत समाजवादी पार्टीका नेताका अनुसार अहिले एकल चुनावमा जाँदा २०७४ को जस्तो शक्ति बचाइराख्ने अवस्थामा पार्टी छैन । नेकपा विभाजनपछि माओवादीका केही केन्द्रीय नेता तथा स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेका छन् । अर्कोतर्फ पार्टीको संगठनात्मक अवस्था पनि कमजोर छ । माओवादीको जस्तै बाध्यता एकीकृत समाजवादीको पनि छ ।
एकीकृत समाजवादीका लागि यो पहिलो चुनाव हो । यो पार्टी अहिले सबै तहका कमिटी गठनको प्रक्रियामै छ, संगठन कमजोर छ । यस्तो अवस्थामा अध्यक्ष नेपाललाई पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्नुपर्ने छ । तर, आफ्नै पार्टीमा नेताबाट यसलाई नीतिगत निर्णयमा पुर्याउन अध्यक्ष नेपाललाई सहज देखिएको छैन । अहिलेकै अवस्थामा परिवर्तन नआए उनलाई पार्टीभन्दा नेता जोगाउन मुस्किल देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार