ट्रक व्यवसायीद्वारा सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गर्न माग
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २१:१८:४१
१ असार, नेपालगंज । बाँकेका ट्रक व्यवसायीहरुले आफ्नो व्यवसाय धराशयी भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरकारकै कारण आफूहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको आरोप लगाउँदै सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गर्न आग्रह समेत गरेका हुन् ।
नेपालगंज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नाले र बनाएका नीति पनि कार्यान्वयन नभएकाले ट्रक व्यवासायीहरु पलायन हुने अवस्था रहेको बताए ।
सरकारका करण व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याउनुपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु न ओकल्नु जस्तै भएको छ भने । राज्यको कर प्रणाली चुस्तदुरस्त नहुनु, इन्धन र गाडीको अस्वाभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अरबौँ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेको उनले जाकारी दिए ।
कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञबहादुर ओलीले इन्धन र गाडीका पाटपुर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको गुनासो गरे । उनले ढुवानी भाडा नबढाए पनि सरकारले तोकेको ढुवानी भाडासमेत आफूहरुले पाउन नसकेको उल्लेख गरे । पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर रु ७ रुपैया ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । सो भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन नसकेको बताइएको छ ।
सिद्ध कैलाश ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले नियमनकारी निकाय मौन भएर बसेका कारण व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी ठगिनुपर्ने अवस्था आएको बताए । ट्रक व्यवसायीहरुले चुंगी कर, सडक कर र गद्दी खर्च लगायतका करले व्यवसायी पीडित हुनु परेको गुनासो गरेका छन् । उनीहरुले आयकर र अग्रिम करलाई व्यावहारिक बनाउनसमेत माग गरेका छन् ।
भेरी ट्रान्सपोर्ट एसोसिएशन, भेरी अंचल ट्रक समिति, नेपालगञ्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्ध कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर यही असार २ गतेदेखि ट्रक सञ्चालन नगर्ने चेतावनी दिएका छन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार