कबड्डीको प्रशिक्षण कार्यक्रम महेन्द्रनगरमा हुँदै
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १९:९:५५
२ असार , महेन्द्रनगर । चीनमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय महिला कबड्डी टिमले कंचनपुरको महेन्द्रनगरमा विशेष प्रशिक्षण सुरु गरेको छ ।
यहाँस्थित कभर्डहल परिसरमा रहेको जिल्ला कबड्डी संघको आधुनिक कबड्डी प्रशिक्षण केन्द्रमा राष्ट्रिय महिला कबड्डी टिम एक महिना विशेष प्रशिक्षणमा रहने कबड्डीका मुख्य प्रशिक्षण विष्णुदत्त भट्टले जानकारी दिए ।
सन् २०२३ मा हुने भनिएको एशियालीका लागि महिला कबड्डीतर्फ हाल २४ खेलाडीलाई मुख्य प्रशिक्षकसहित दुई सहायक प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । “प्रशिक्षण प्रभावकारी बनाउन सबै खेलाडीलाई एक ठाउँमा राखेर विशेष प्रशिक्षण सुरु गरेका छौँ”, मुख्य प्रशिक्षक भट्टले भने, “असारको तेस्रो सातापछि पहिलो चरणको छनोट हुनेछ ।”
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग र यहाँस्थित जिल्ला कबड्डी संघको सहयोगमा अहिले विशेष प्रशिक्षणमा रहेका महिला खेलाडी कबड्डी प्रशिक्षण केन्द्रको आवासमा आश्रय लिइरहेका छन् ।
“यहाँ प्रशिक्षण केन्द्रमै खानपिन र बसोबासको व्यवस्थापन गरिएको छ”, उनले भने, “यो स्तरको विशेष प्रशिक्षण सम्भवतः यहाँ पहिलोपटक नै हो ।” यहाँ प्रशिक्षणमा रहेकामध्येबाट अन्तिममा छनोट हुने १२ महिला कबड्डी खेलाडी एशियाली खेलकुदमा सहभागी हुनेछन् ।
यसैगरी आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने कबड्डी खेलाडीलाई पनि अहिलेको विशेष प्रशिक्षणमा समावेश गरिने मुख्य प्रशिक्षक भट्टको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार