क्षमताभन्दा दोब्बर कैदीबन्दीः व्यवस्थापनमा समस्या
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार २२:५०:१३
३ असार, राँझा । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिए ।
उनका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण गर्मी समयमा अलि बढी समस्या हुने गरेको छ । नेपालगञ्जमा यतिबेला अत्यधिक गर्मी भएका कारण कैदीबन्दीमा लुतो लगायतका सरुवा रोग र शौचालयको समस्या हुने गरेको छ ।
जीर्ण अवस्थामा रहेको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्नुपर्दा छालालगायत विभिन्न सरुवा रोगको समस्या देखिएको कारागारका स्वास्थ्य शाखा प्रमुख कविराम बुढाथोकीले जानकारी दिए । अहिले गर्मीका कारण कैदीबन्दीहरु दैनिकजसो बिरामी पर्ने गरेको उनको भनाइ छ ।
क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्नु परेकाले उनीहरुले न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका छन् । कैदीबन्दीलाई व्यवस्थित रूपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका–३ नौंबस्तामा तीन हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको कारागार प्रमुख सोनकरको भनाइ छ ।
उनले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाइ हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए । रक्तदान अभियान बाँकेमा रगतको अभाव हुन नदिन नेपालगञ्जस्थित कारागारका कैदीबन्दीले नियमित रक्तदान अभियान सुरु गरेका छन् ।
कैदीबन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुन नदिन कारागार प्रशासनको संयोजनमा कारागारभित्रै रक्तदान अभियान सुरु गरिएको कारागार प्रमुख रामकुमार सोनकरले बताए ।
उनका अनुसार, कैदीबन्दी रक्तदान गर्न स्वस्फूर्त रुपमा तयार भएपछि कारागारभित्रै रक्तदाता दिवसका अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरिएको हो । एक सयजना कैदीबन्दीले रक्तदान गरेका छन् । यो अभियानलाई निरन्तरता दिइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
मंसिर १८, २०८१ मंगलबार
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार