जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि चप्पल प्रहार
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २१:३७:५
५ असार, जनकपुरधाम । अतिक्रमित जग्गाको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि चप्पल आक्रमण भएको छ । उनलाई एक महिलाल लगाएको चल्पल खोलेर र्किाएकी हुन् ।
जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहकी एक महिलाले उपप्रमुख साहमाथि आक्रमण गरेकी हुन् ।
बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।
नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्ने क्रममा उनीमाथि आक्रमण भएको हो । प्रहरी टोलीले उपप्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेर समूहलाई धपाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार