मन्त्री आलेले मन्त्रिपरिषदमा लगे वायुसेवाका अध्यक्ष अधिकारीलाई निलम्बनको प्रस्ताव
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २३:५८:२६
५ असार,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले मन्त्रालयमार्फत नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका छन् । मन्त्री आलेको निर्देशनमा मन्त्रालयले निगमलाई वित्तीय हानीनोक्सानी पुर्याएको आरोपसहित उनलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।
मन्त्रालयले तयार पारेको प्रस्तावमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरबमा संचालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठलो वित्तीय हानीनोक्सानी पुर्याएको उल्लेख छ ।
सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफै संलग्न भई व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको. सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको आरोप लगाइएको छ ।
यस्तै निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको, निगमको व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन नसकेको, पद अनुसारको आचरण प्रदर्शन गर्न नसकेको, पदीय कर्तव्य पूरा गर्न नसकेको, कार्य क्षमताको अभाव देखिएको, कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको, निजको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानीनोक्सानी हुने देखिएकोले उल्लिखित कारण र आधारहरूमा निगमको कार्यकारी अध्यक्षमा रहिरहन योग्य नदेखिएको भनिएको छ ।
अधिकारीलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानीनोक्सानी हुने, कर्मचारीको मनोवल गिर्न गई निगमलाई प्रतिकूल असर पर्ने देखिएको आधारमा निजलाई कार्यकारी अध्यक्ष पदबाट किन नहटाउने भनी सफाइको मौका पेस गर्न सूचित गर्ने निर्णयको नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न विभागीय मन्त्रीबाट मिति २०७९।०२।२६ मा स्वीकृति प्राप्त भएकोले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची–१ विषय सङ्ख्या ४१ वमोजिम यो प्रस्ताव पेस गरिएको छ’, गत २६ जेठमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले पेश गरेको प्रस्तावमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार