दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार २०:५७:३८
६ असार, काठमाडौं । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशीवायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् ।
नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको जानकारी दिए ।
उनका अनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् ।
यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा रु ३३ हजार रहेको छ । भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् रु छ हजार ६०० कममा सेवा दिँदै आएको जनाइएको छ ।
जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारीक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए ।
उनका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजानलगायत कुवेत हब बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार