सांग्रिलाले बालुवाटारको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिने
नेपालबहस संवाददाता
असार ७, २०७९ बुधबार ०:५७:१
७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारस्थित आफ्नो केन्द्रिय कार्यालय परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने भएको छ ।
महानगर र बैंकबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुरनिधि न्यौपानेले हस्ताक्षर गरे ।
यस डेभलपमेन्ट बैंक र महानगरपालिकाबीच भएको सम्झौताअनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिकरुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको थियो ।
बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको प्रयासमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय विहान ९:३० वजे देखि ५ वजेसम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार