आमाद्वारा बचत गरी जम्मा भएको रकमबाट छोरी ज्वाईंलाई बीमा कोसेली
नेपालबहस संवाददाता
असार ९, २०७९ शुक्रबार २:३:२८
९ असार, काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ ।
यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरीदिएकी छिन् ।
जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएकी हुन् ।
कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गर्नु भएको थियो । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् ।
हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको कुरा उनले व्यक्त गरिन ।
बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्व प्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ति पक्षले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
बैशाख १९, २०८१ बुधबार
नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट
बैशाख १९, २०८१ बुधबार
दिवसको प्रवाह नगरी कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’
बैशाख १९, २०८१ बुधबार
नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट
बैशाख १९, २०८१ बुधबार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
हेटौंडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार