देउवाले मन्त्री नफेर्दा एकीकृत समाजवादीमा लफडा,डाकियो पोलिटब्यूरो बैठक
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १६:५८:४२
१० असार, काठमाडौं । पार्टीबाट नाम पठाएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर नगरेका काण समस्यामा परेको सत्तारुढ नेकपा एकीकृत समाजवादीले यसै विषयमा छलफल गर्न पोलिटब्यूरो बैठक बोलाएको छ ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा सुरु भएको छ । समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र उसकै पार्टीमा पनि अहिले विवाद छ ।
सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्रीले अहिले मन्त्रिपरिषद् हेरफेर गर्ने सुरसार गरेका छैनन् । मन्त्री फेर्ने विषयले एकीकृत समाजवादी पार्टीभित्रको तरंगनै ल्याएको छ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरोमा आज यसविषयमा छलफल हुन लागेको हो । समाजवादीले १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक पनि डाकेको छ ।
समाजवादीका तर्फबाट मन्त्रीमण्डलमा हेरफेर गर्ने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अरुचि देखाएका कारण पार्टी समस्यामा परेको हो । बजेट अधिवेशन चलिरहेको बताउँदै तत्काल मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्री देउवाले अरुचि देखाएका थिए । तर, संसद अधिवेशन अन्त्य गर्ने तयारी भइरहँदासमेत उनले चासो दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार