मधेशमा चुनाव हारेको विषयलाई लिएर माओवादीभित्र चर्कियो अन्तरविरोध
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १९:१९:१९
१० असार, काठमाडौं । लामो समयसम्म मधेश प्रदेशको विवाद समाधान नहुँदा स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले केन्द्रबाटै हस्तक्षेप गर्दा पनि विवाद मिलाउन सकेको छैन् ।
गत २५ मंसिरदेखि चर्किएको विवाद मधेशका अधिकांश पालिकामा पुगेको छ । विवाद समाधान नगरी स्थानीय तहको चुनावमा होमिएको माओवादी केन्द्रले मधेशमा नराम्ररी धक्का समेत खाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा २१ पालिका प्रमुख जितेको माओवादी यसपालि देशभर समग्रमा बढाउँदा पनि मधेश प्रदेशमा ९ पालिकाको नेतृत्वमा मात्रै खुम्चिएको छ । विवाद समाधान गर्ने पटक–पटकको प्रयासका असफल भएपछि केन्द्रबाटै हस्तक्षेपको तयारी गरिएको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आगामी असार १५ मा बस्ने केन्द्रीय समितिको बैठकमा मधेश प्रदेशको विवादबारे निर्णय हुनेछ । ढकालले १५ गते केन्द्रीय समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने बताए ।
उता महोत्तरीमा पनि चुनावको विषयलाई लिएर केन्द्रीय नेता र जिल्ला तहका नेताबीचमा पनि टकराव बढ्दै गएको छ । सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मतपरिणाम प्रतिकुल आएको माओवादी केन्द्र महोत्तरीका नेता राजु ढकालको भनाई छ ।
अहिले महोत्तरीमा ढकालले चित्त बुझाएजस्तो माओवादी केन्द्रभित्र अरुले चित्त बुझाएका छैनन् । माओवादी केन्द्रले महोत्तरीमा व्यहोरेको पराजयकै कारण दुई पक्षबीचको तिक्तता यतिबेला उत्कर्षमा छ ।
माओवादी केन्द्रभित्रको संस्थापन खेमा र पूर्व जनमोर्चा खेमामा आरोप–प्रत्यारोप चल्न थालेको छ । विवाद उत्कर्षमा पुग्दै बैठकसमेत छुट्टाछुट्टै राख्न थालिएको छ ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले चारवटा पालिकामा जितेर जिल्लाकै तेस्रो दल बनेको थियो । तर, गत वैशाखमा भएको निर्वाचनमा केही वडाहरू बाहेक कुनै पालिकामा पनि जित हासिल गर्न सकेन ।
यही लज्जास्पद हारको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा आरोपप्रत्यारोपको अवस्था सिर्जना भएको हो । पाटीभित्रैका जिम्मेवार नेता र कार्यकर्ताहरूको अन्तर्घातको प्रतिफल नै पराजयको कारक बनेको संस्थापन पक्षको निष्कर्ष छ भने संस्थापनइतर जनमोर्चा खेमा भने यसलाइ अस्वीकार गर्छ ।
स्थानीय निर्वाचनमा टिकट कसले पायो भन्ने विषयले मुख्य प्राथमिकता राख्ने भएको हँुदा पार्टीले टिकट वितरणमा समेत त्रुटि गरेको संस्थापनइतरको विश्लेषण छ ।
विशेषगरी केन्द्रीय सदस्य राजु खड्का र गिरिराजमणि पोखरेलबीचको तिक्तताले माओवादी केन्द्र महोत्तरीमा तरङ्ग ल्याएको हो । पोखरेल महोत्तरी क्षेत्र न.१ वाट प्रतिनिधि सभा सदस्यमा लगातार तीनपटक निर्वाचित भइसकेका छन् भने राजु खड्का अहिले जिल्लाका इन्चार्ज हुन् ।
खड्का बर्दिबास नगरपालिका मेयरमा पराजित भए । उनले आफ्नो पराजयको दोषसमेत पोखरेल समूहलाई लगाएका छन् । पूर्वनगरप्रमुख विदुरकुमार कार्कीको असहयोग, गिरिराजमणिको निस्क्रियता तथा विशेषगरी जनमोर्चा खेमाको असहयोगकै कारण आफुले हार व्यहोरेको खड्काको तर्क छ ।
तर, पोखरेल समूहले भने आफूहरूले आफ्ना उम्मेदवारलाई जिताउन हरकोसिस गरेको दावी गरेका छन् । पोखरेलसँग निकट मानिने युवा नेता शंकर महतो आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन निकै कोसिस गरेको दाबी गर्छन् ।
मुख्य नेताहरूबीचमा बढिरहेको दूरीको कारणले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत ठूलो असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित् बन्न थालेका छन् ।
संस्थापन पक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केन्द्रीय पार्टी कार्यालय नै पुगेको थियो । अध्यक्ष प्रचण्डसँगको भेटमा सहभागीहरूले पोखरेल समूहबाट पार्टीलाई भएको असहयोगका कारण हार व्यहोर्नु परेको गुनासो गरिएको थियो । पार्टीले व्यहोर्नुपरेको पराजयका कारण नैतिकताका आधारमा जिल्ला इन्चार्जबाट राजु खड्काले को राजीनामा दिनुपर्ने आवाज पनि उठ्न थालेको एक नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार